Logo
Logo

आफूविरुद्ध झुटो प्रचार गरिएको भन्दै पूर्वआईजीपी सिंहले दिए काउन्सिलमा उजुरी



काठमाडौं । सुन तस्करी प्रकरणबारे केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।

 
प्रकाशित समाचारमा सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपी दावा छिरिङसँग पूर्वआईजीपीहरू सर्वेन्द्र खनाल र सिंहको निकट सम्बन्ध भएको दाबी गरिएको छ ।  उक्त समाचारप्रति आपत्ति जनाउँदै पूर्वआईजीपी सिंहले काउन्सिलमा उजुरी दिएका हुन् ।

समाचारमा विना तथ्य प्रमाण आफ्नो नाम मुछेको सिंहले बताएका छन् । उक्त समाचारले आफ्नो प्रतिष्ठा आच आउनुको साथै समाजमा भ्रम छर्ने काम गरेको उनको भनाइ छ । पूर्वआईजीपी सिंहले चरित्र हत्या गर्नेगरी झुटो समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यममाथि कारबाही हुने विश्वास समेत व्यक्त गरेका छन् । 

यही साउन दुई गते राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । उक्त प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

यस प्रकरणमा राजश्व अनुसन्धान विभागले १९ दिनसम्म अनुसन्धान गरेको थियो । तर, सङ्गठित अपराधको कसूर आकर्षित हुने देखिएपछि थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको हो । सङ्गठित अपराधको अनुसन्धान गर्ने अधिकार सीआईबीलाई मात्रै दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्