काठमाडौं, १८ पुस ।
नेपाल कम्युिनस्ट पार्टी (नेपाल)का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा जाने भएका छन् । फागुनमा हुने निर्वाचनमा उनी राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुने भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उनलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो।
उनीलाई गण्डकी प्रदेशको अन्यमा उम्मेदवार बनाउने निर्णय गरेको हो। श्रेष्ठ प्रतिनिधि सभाको चुनावमा गोर्खा १ बाट पराजित भएका थिए।
पार्टीले अर्का नेता वामदेव गौतमलाई समेत राष्ट्रियसभामा जाने प्रस्ताव गरेकोमा उनले अस्वीकार गरेका थिए । प्रधानमन्त्री हुने सर्तमा मात्र आफू सभामा जाने उनले बताउँदै आएका छन् । प्रतिनिधिसभा चुनावमा पराजित भएर राष्ट्रिय सभामा गएका व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार हुन नपाउने प्रावधान छ ।
नारायणकाजी र वामदेव दुवै नेता चुनावमा वाम गठबन्धनका हस्ती थिए । पार्टी एकताको आधार पनि उनीहरुले तयार बनाए, तर पनि चुनावमा हारेका थिए ।
राष्ट्रियसभाको निर्वाचनमा नेकपाले १६ सिट जित्दैछ ।
नेकपाले निम्न व्यक्तिलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रदेश नम्बर १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी
प्रदेश नम्बर २
तुलसा दाहाल
राधेश्याम पासवान
प्रदेश नम्बर ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल
प्रदेश नं ४
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ
प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा
प्रदेश नम्बर ६
सुमित्रा बिसी
मायाप्रसाद आचार्य
प्रदेश नम्बर ७
तारामान स्वाँर
शारदा भट्ट












