Logo
Logo

ललितानिवास प्रकरणमा सरकारलाई सहयोग गर्न तयार छु : डा. भट्टराई


630
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललितानिवास प्रकरणमा आफू सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष डा. भट्टराईले ललितानिवासको विषयमा आफ्नो सरकारका पालामा भएको निर्णयबारे सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन्। उनले मन्त्रालयबाट आएको सबै कुरा प्रधानमन्त्रीलाई थाहा नहुने भएकाले नियतवश आफूले जीवनमा केही पनि नगरेको बताए।

यो प्रकरणमा मेरो पालामा पनि केही गल्ती देखिएका छन्, यो प्रक्ररणमा छानबिन गर्नुपर्छ, त्यसको निम्ति म पूरै सहयोग गर्छु।’

अध्यक्ष डा.भट्टराईले ललितानिवास, औषधि खरिदमा ओम्नी, वाइडबडी, नेपाल ट्र्स्टको जग्गा सस्तोमा दिएको लगायत सबै विषयको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। सत्तामा रहेका हरेक व्यक्तिले लाभ लिने काम गरेकाले आयोग नै गठन गरेर छानबिन गर्नुपर्ने उनको माग छ।

‘दल विशेषको भन्दा पनि त्योभन्दा माथि उठेर निष्पक्ष ढंगले छानबिन गर्ने र दोषीलाई कारबाही गर्नुपर्यो। यहाँ त फेरि सबै चोर हुन् भन्ने छ। चोरलाई सजाय हुनुपर्यो, साधुलाई उन्मुक्ति हुनुपर्यो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्