Logo
Logo

माधव नेपालमाथि छानविन गर्ने अदालतको आदेश नै संशयपूर्ण : भुसाल


2k
Shares

महोत्तरी । नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष डा बेदुराम भुसालले ललितानिवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई अदालतले छानबिनका लागी दिएको आदेश संशयपूर्ण भएको बताएका छन् । कृषि तथा पशुपक्षी मन्त्रीसमेत रहेका भुसालले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने विषयमा समेत प्रश्न उठेको बताएका हुन् ।

शनिबार यहाँ आयोजित एक कार्यक्रममा उनले भने, ‘न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीले अदालतको आदेश अस्वाभाविक भएको बताइरहेको बेला हामीले त्यसलाई संशयको रूपमा लिएका छौँ ।’ यद्यपि उनले छानबिनलाई आफ्नो पार्टीले सदैव सहयोग गर्ने बताए ।

अध्यक्ष माधव नेपाललाई अदालतले छानबिन गर्न आदेश दिइरहेको वेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको बताए । उनले अध्यक्ष नेपाल पूर्वनिर्धारित कार्यक्रमअनुसार नै विदेश गएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्