Logo
Logo

खेलकुद महासंघलाई राखेपमा समावेश नगरिएको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी


945
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टी निकट खेलकुद संगठनलाई राखेपमा समावेश नगरेको भन्दै सरकारबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेलालाई उद्घाटन गर्दै खनालले खेलकुद महासंघलाई राखेपमा अहिलेसम्म समावेश नगरिएको भन्दै सरकारबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सम्मानीत नेता खनालले सरकारलाई समर्थन गरिरहेको पार्टीको संगठनलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहन कुनै आवश्यक नरहेको उल्लेख गरे ।

खेलकुद क्षेत्रमा मानवजीवनलाई स्वस्थ बनाउनेमात्रै नभएर देशको नाम स्थापित गर्ने भएकाले यसलाई स्थापित गर्नुपर्ने उनले बताए । देशका सवै तहमा महासंघलाई विस्तार गर्न पनि उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्