Logo
Logo

महिला विश्वकप: कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड मिफाइनलमा



काठमाडौं । कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । स्टडियम अष्ट्रेलियामा भएको खेलमा इंग्ल्याण्डले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो ।

खेलको ४४ औँ मिनेटमा लेइसी सान्तोसले गोल गरेर कोलम्बियालाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्तिममा लुरेन हेम्पले र ६३ औँ मिनेटमा अलेसिया रुसोले गोल गरेर इंग्ल्याण्डलाई विजयी गराए ।

योसँगै महिला विश्वकप २०२३ को सेमिफाइनल समीकरण पूरा भएको छ । अब पहिलो सेमिफाइनलमा आउँदो मङ्गलवार स्वीडेन र स्पेन तथा दोस्रो सेमिफाइलनमा बुधवार अष्ट्रेलिया र इंग्ल्याण्डले खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्