
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रका एकजना मन्त्री हटाएर सिके राउत नेतृत्वको जनमत पार्टीकी अनिता देवीलाई मन्त्री बनाउन लागिएको हो ।
२५ सदस्यीय मन्त्रिपरिषद् पूर्ण भइसकेकाले जनमतलाई सहभागी गराउन एकजना मन्त्री हट्नैपर्नै हुन्छ । त्यसका लागि प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी गरेका छन् । यद्यपी उनले कसलाई सरकारबाट फिर्ता बोलाउँछन् भन्ने खुलेको छैन ।
जनमतले यसअघि नै अनिता देवीलाई मन्त्री सिफारिस गरिसकेको छ । जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो। तर, मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदा गत चैतमा बाहिरिएको थियो।














