काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साँध्न खोजेको आरोप लगाएका छन् । आइतबार संसदीय दलको बैठकमा उनले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउको विषयलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।

हङकङबाट क्विन्टल सुन आइरहेको अवस्थामा गृहमन्त्रीले त्यहाँको अवस्थाबारे जानकारी लिन पत्र पठाएको या नपठाएको स्पष्ट पार्न माग गरे । नेता कोइरालाले भने, ‘सुन बाहिरबाट ल्याएर नेपाललाई अखडा बनाइँदैछ । यहाँबाट टनका टन भारत गइरहेको छ । योभन्दा धेरै टनका टन सुन पहिला पनि गएको हुनसक्छ ।’
सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्नुपर्ने उनले बताए । कांग्रेसको जारी बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको चर्को आलोचना भइरहेको छ ।














