Logo
Logo

विमानस्थलमा एक करोडको सुन बरामद


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ पुस ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक करोड मुल्यको सुन बरामद भएको छ । दुई भारतीय नागरिकबाट सुन बरामद भएको हो ।


दुबईबाट आएका मोहम्मद कासिफ र मुसराफिनलाई प्रहरीले तस्करीको सुनसहित पक्राउ गरेको हो । उनीहरुबाट एक किलो ६ सय ग्राम सुन बरामद भएको छ । जसको मूल्य करिब एक करोड रुपैयाँ पर्दछ ।
उनीहरुले नेपाल हुँदै भारतमा सुन तस्करीको प्रयास गरेका हुन् । बरामद सुन अर्धठोस रहेको प्रहरीे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्