मोरङ । मोरङको सुन्दरहरैँचा–१२ मा एक भारतीय युवकको शव शंकास्पद अवस्थामा भेटिएको छ । भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव आइतबार पैनीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।
घटनास्थल र शवको प्रकृति हेर्दा खानको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनले घटनास्थलबाट उठाएर शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जनाए । प्रहरीले घटनाको थप अनुसन्धान सुरू गरेको जनाएको छ ।














