
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । गत शुक्रवारदेखी सुरु भएको संसदीय दलको बैठकले आज पनि निरन्तरता पाउने भएको हो । बैठक बिहान संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान १० बजे बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषय, सांसद सुनिल शर्मा पक्राउ प्रकरण देखी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने विषयमा छलफल भइरहेको छ । हिजोसम्म उक्त बैठकमा ५४ सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरूले आ आफ्नो धारणा राख्ने छन् ।














