Logo
Logo

माधव नेपाल आज स्वदेश फर्किँदै


819
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कदैछन् । विभिन्न कार्यक्रममा सहभागी हुन २२ गते युरोप गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेपछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन ।

उनको भदौं १ गतेसम्मका लागि विदेशमा कार्यक्रम तय भएको थियो । तर, उनी आफ्नो भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन । सो पार्टीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् ।

 पुर्व निर्धारित कार्यक्रम अनुसार उनी एक साताअघि युरोप गएपनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट विदेश गएपछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरेका थिए । तर, अध्यक्ष नेपालले त्यसको प्रतिबाद गर्दै आएका थिए । 

युरोपबाटै उनले आफु निर्दोष भएको जनाउँदै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धानमा सहयोग गर्ने जनाउँदै आएका छन् । गत साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्