
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पकरणमा पक्राउ परेका डा. रञ्जित कुमार यादव थुनामुक्त भएका छन् । नक्कली डाक्टरविरुद्ध अभियान नै चलाएको सीआईबीले यादव सक्कली नै भएको थाहा पाएपछि थुनामुक्त गरेको हो ।
नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई सोमबार पठाएको थियो। काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको हो ।
यो प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नो सुनिल शर्मा पनि पक्राउ परेका थिए । तर उनी २ दिनमा नै छुटेका छन् ।














