
काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गरका हुन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री साहले सहज ढंगले जनतालाई सेवा प्रवाह गर्ने कामनै आफ्नो पहिलो प्राथमितामा रहने बताइन् ।
यसअघि सामान्य प्रशासन मन्त्री माओवादीका अमनलाल मोदी थिए । माओवादी केन्द्रले आइतबार मोदीलाई सरकारबाट फिर्ता बोलाएपछि जनमत पार्टीबाट साह मन्त्री बनेका हुन् ।














