Logo
Logo

एयरपोर्ट बाहिर बरामद भएको क्विन्टल सुन पगालिँदै


1.3k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरिबाट बरामद गरिएको क्विन्टल सुन आजबाट जोखिने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेपछि आजदेखि सुन पगालेर जोखिने भएको हो ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार आजबाट सुन पगालेर जोख्न सुरु गरिनेछ । राजश्व अनुसन्धान विभागले साउन ३ गते विमानस्थलको भन्सार पास भएर बाहिरिएको अवस्थामा सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

हङकङबाट मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्