Logo
Logo

एसिया कप क्रिकेटका लागि १७ सदस्यीय नेपाली टोली घोषणा



काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

एसिया कप क्रिकेट अगष्ट ३१ बाट सुरु हुँदैछ । नेपाल भारत र पाकिस्तान रहेको समूह एमा छ । नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३१ मा मुल्तानमा खेल्नेछ

एसिया कपअघि नेपाली टिमले पाकिस्तानमा एक साता तयारी गर्ने क्यानले जनाएको छ । जसमा नेपालले प्रशिक्षण गर्ने र केही अभ्यास खेल समेत खेल्ने तयारी छ ।
टोलमा रोहित पौडेल , कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्