Logo
Logo

नेयमार साउदी क्लब अल-हिलालमा जाने



एजेन्सी । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमारलाई साउदी प्रो लिग क्लब अल–हिलालमा जाने भएका छन् ।

अल हिलाल र पीएसजीबीच नेयमारलाई ९० मिलियन युरोमा बेच्ने सम्झौता भएको हो । ३१ वर्षीय नेयमारको अब मेडिकल र आवश्यक कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेको बिबिसीले जनाएको छ ।

२०१७ मा विश्वकीर्तिमानी शुल्क २२२ मिलियन युरोमा पिएसजीमा आवद्ध भएका नेयमारले शनिबार लिग वानको पहिलो गुमाएका थिए।

उनलाई नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकले आफ्नो योजनाको हिस्सा बनाएका थिएनन् ।

यो सिजन करिम बेन्जेमा, एनुगोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभ्स, साडियो माने र रोबर्टो फिरमिनोजस्ता साउदी अरब गएका छन् ।

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो गत जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अल(नासरमा आवद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्