Logo
Logo

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड


351
Shares

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले  आज (सोमबार) शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता शेयरको लागि आवेदन परेको थियो । 

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्यूनतम १० कित्ताका दरले शेयर वितरण गरेको छ ।

योग्य आवेदकमध्ये १ लाख ९५ हजार ३२७ जनालाई १० कित्ताका दरले १९ लाख ५३ हजार २७० कित्ता शेयर वितरण गरिएको छ ।

बाँकी रहेको ९ कित्ता शेयर भने सोही मध्येबाटै २० देखि २५ हजार कित्तासम्म आवेदन दिएकाहरूलाई थप १ कित्ताका दरले वितरण गरिएको छ । ९ जना आवेदकले ११ कित्ताका दरले शेयर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्