Logo
Logo

धारिलो हतियार प्रकार गरी आमाको हत्या, छोरा पक्राउ



ताप्लेजुङ । मौवाखोला गाउँपालिका–५ फाकुम्वाका एक युवकले आमाको हत्या गरेका छन्। ३३ वर्षीय डिल्लीकुमार लिम्बूले आमा धनमाया लिम्बूको धारिलो हतियार (बाम्फोक) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

अभियुक्त डिल्लीकुमारलाई बाम्फोकसहित प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुशराम कार्कीले बताए।

हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। सोमबार बिहान साढे १० बजे हत्या भए पनि स्थानीयले मध्याह्न १२ बजे सााघु प्रहरी चौकीमा खबर गरेका थिए। उक्त घटनाको आवश्यक अनुसन्धान गरिएरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्