Logo
Logo

प्रदेश कमिटीमा ४० वर्ष मुनिका १० प्रतिशत युवा राख्न एमालेको निर्देशन


630
Shares

काठमाडौं । नेकपा एमालेले मातहतका कमिटीमा ४० वर्षभन्दा मुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको पार्टी सचिवालयको बैठकले प्रदेश कमिटीमा १० प्रतिशत र जिल्लामा न्यूनतम १५ प्रतिशत युवा राख्न निर्देशन दिएको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पालिका तहको कमिटीमा एक तिहाइ युवा हुनै पर्ने प्रावधानलाई कडाइका साथ लागु गर्न निर्देशन दिइएको छ । त्यस्तै एमालेले भदौ मसान्तसम्म गरिसक्ने भनेको प्रदेश कमिटीको अधिवेशन मिति हेरफेर गरेको छ ।

एमालेले लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ र १७, मधेस प्रदेशको अधिवेशन असोज ५ र ६ गते गर्ने भएको छ । बागमतीको असोज ८ र ९, कर्णालीको असोज १० र ११, कोशीको असोज १२ र १३ गते गर्ने भएको छ ।

गण्डकी प्रदेशको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असाजे १९ र २० गते गर्ने तय गरिएको छ। सुदूरपश्चिम प्रदेशको अधिवेशन असोज २१ र २१ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्