Logo
Logo

ओली र भीम रावलबीच छलफल


3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच छलफल भएको छ । आज (मंगलबार) केन्द्रीय पार्टी कार्यालय च्यासलमा दुई नेताबीच छलफल भएको हो ।

१० औँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावल त्यसपछि एमालेमा सक्रिय थिएनन् । आज दुई नेताबीचको छलफललाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी कार्यक्रममा अछाममा नाराबाजी भएपछि रावलसँग वार्ता गर्न पौडेलको संयोजकत्वमा कार्यदल बनाइएको थियो ।

उक्त कार्यदलमा पार्टी सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा थिए । रावलले यस अघि उक्त समितिसँग केही समय अघि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्