Logo
Logo

एयर इन्डियाको विमान त्रिभुवन विमानस्थलको ‘रन-वे’मा अड्कियो


11.4k
Shares

काठमाडौं । एयर इन्डिगोको जहाजको ब्रेकमा समस्या आएको छ । उडानका लागि तयार रहेको जहाजको ब्रेकमा समस्या आएको हो ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि जहाज ‘ट्याक्सी वे’बाट ‘रनवे’मा प्रवेश गर्दै थियो । सोही क्रममा जहाजको ब्रेकमा समस्या देखिएको थियो ।

उडान नम्बर २१६ रहेको जहाजको काठमाडौं–दिल्लीको उडान थियो । उडान समय ४ बजेर १० मिनेटको थियो ।

एयर इन्डियाको जहाज धावनमार्गमा अड्किँदा करिब ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको थियो । अपरान्ह सवा पाँच बजेदेखि भने उडान अवतरण सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्