Logo
Logo

महिला विश्वकपः स्विडेनलाई हराउँदै स्पेन फाइनलमा



एजेन्सी । स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । आज मङ्गलवार न्युजिल्यान्डको अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा स्विडेनलाई २–१ गोलले हराउँदै स्पेन पहिलो पटक उपाधि नजिकै पुगेको हो ।

खेलको ८१ औँ मिनेटमा गोल गर्दै अइनगोनोले स्पेनलाई अग्रता दिलाएा थिए । ८८ मिनेटमा स्विडेनकी रेबिकाले गोल गरेर खेल १–१ गोलको बराबरीमा ल्याए । तर एक मिनेटभित्रै स्पेनकी कारमोनाले गोल गरेर टोलीलाई फाइनलमा पुर्‍याए ।

स्पेनले उपाधिका लागि भोलि सिड्नीमा हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्