Logo
Logo

नेयमार साउदी क्लब अल-हिललासँग अनुबन्ध



रियाद । ब्राजिलियन स्टार फुटबलर नेयमार फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाडेर साउदी प्रो–लिग क्लब अल–हिलालसँग अनुबन्ध भएका छन् ।

३१ वर्षीय खेलाडीका लागि साउदी क्लबले ९ करोड युरो (एडअनहरु थप) खर्च गरेको बताइएको छ ।

अल हिलालले नेयमारका लागि ९० मिलियन युरो तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहने भएका छन् । नेयमारले फ्रेन्च क्लब पिएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको प्रस्तावलाई स्वीकार गरेको बताइएको छ ।

पीएसजीले अब हाई प्रोफाइल खेलाडीहरुलाई ठुलो रकम खर्चने ‘ग्लालेक्टिोक्स’ युगभन्दा अघि बढ्ने योजना बनाएको छ । यसअघि लियोनेल मेस्सी पनि क्लब छाडेर गइसकेका छन् ।

‘मैले युरोपमा धेरै कुरा हासिल गरेँ, त्यहाँ विशेष पलहरु बिताएँ, तर म सधैँ ग्लोबल खेलाडी बन्न चाहन्थे र नयाँ ठाउँमा नयाँ चुनौती र अवसरहरु लिन चाहन्थे,’ नेयमारले भनेका छन् । ‘म खेलकुदमा नयाँ इतिहास लेख्न चाहन्छु, अहिले साउदी प्रो लिगमा ठुलो ऊर्जा र उत्कृष्ट खेलाडीहरु रहेका छन्,’ नेयमारले थपे ।

नेयमारले फ्रेन्च क्लबमा रहँदा वार्षिक रुपमा २.५ करोड युरो कमाई गर्थे । अब उनले साउदीमा वार्षिक रुपमा १५ करोड युरो पाउनेछन् । यो रकम पीएसजीमा रहँदाको भन्दा ६ गुणाले बढी हो । उनले क्लबसँग दुई वर्षको करार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्