Logo
Logo

महिला विश्वकपः इंग्ल्यान्ड पहिलोपटक फाइनलमा



एजेन्सी । इतिहास रच्दै इंग्ल्यान्ड पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेको छ ।

सेमिफाइनलको दोस्रो खेलमा सह–आयोजक अस्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनमा पुगेको हो ।  अब उपाधिको लागि इंग्यान्डले स्पेनसँग भिड्ने छ । सेमिफाइनलको पहिलो खेलमा स्वीडेनलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन फाइनमा पुगेको थियो । 

इंग्ल्यान्डलाई फाइनमा पुर्याउनको लागि इङ्ग्ल्यान्डका लागि इला टोनी, लरेन हेम्प र एलिसिया रुसोले गोल गरे । अस्ट्रेलियाका लागि साम केरले १ गोल फर्काए ।

स्टेडियम अस्ट्रेलियामा भएको खेलमा इंग्ल्यान्डले ३६ औं मिनेटमा इला टुनको गोलको मद्दतले अग्रता लिएको थियो । दोस्रो हाफको ६३ औं मिनेटमा कप्तान साम केरले बराबरी गोल फर्काए ।

बराबरीको यो स्थितिमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई दबाबमा राखे पनि त्यसको फाइदा उठाउन सकेन । इंग्ल्यान्डका लागि उलरेन हेम्पले ७१ र एलिसा रुसोले ८६ औं मिनेटमा गोल गर्दै टिमको जित निश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्