Logo
Logo

अहिले उद्योगधन्दा बन्द छन्, सरकारलाई मतलब छैन : ओली


378
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकटग्रस्त बनेको अवस्थामा उद्योग व्यवसायमा सरकार सहयोगी नभएको बताएका छन् । बुधबार होटल रेडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै उनले उद्योग व्यवसाय जतिबेला संकटग्रस्त छ, मोचनका लागि सरकार चाहिने तर सरकार सहयोगी नभएको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘अहिलेको सरकार सहयोगी छैन । उद्योग बन्द छन्, अप्ठ्यारोमा छन् सरकारलाई मतलब छैन ।’ उनले उद्योगधन्दा सकसमा पर्दा सरकारले सहजीकरण गर्नुपर्ने बताउँदै उद्योगी व्यवसायीका समस्या समाधानका लागि सदनमा सरकारसँग नीतिगत डिलमा एमालेले सशक्त भूमिका निभाउने बताए ।

उनले सरकारसँग प्रश्न गर्दै भने, ‘भूकम्पबाट सामना गरेर भर्खर तंग्रेका थियाैँ, कोभिडले थिलथिलो पार्याे । संकटबाट थिग्रेर धुलो टक्कटक्याउँदै हिँड्ने तयारी छैन । अर्थतन्त्रको संकटबाट उक्सिन खोई तयारी ?’

सोहीक्रममा ओलीले कांग्रेस सांसद डा. सुनिल शर्मालाई पक्राउ गरेर सरकारले प्रतिशोधी राजनीति गर्न खोजिएको आरोप लगाए । उनले भने, ‘सुनिल शर्मा एउटा सांसद न पक्राउ पुर्जी, न पुष्टि हुने आरोप यसो चाखिहेरेको कस्तो हुँदोरछ भनेर ?’ अध्यक्ष ओलीले गठबन्धनको सांसद समातेर नाङ्लो ठटाएर हात्ती तर्साएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्