Logo
Logo

दुई छोरीलाई बलात्कार गर्ने बुबालाई ७०२ वर्ष कैद सजाय



क्वालालम्पुर । मलेसियाको जोहोर राज्यको मुआर क्षेत्रमा दुई नाबालिग छोरीहरूलाई ३० पटक बलात्कार गर्ने बुबालाई ७०२ वर्ष कैद सजाय हुने भएको छ ।

त्यहाँको अदालतले बलात्कार तथा यौन हिंसा गर्ने बाबुलाई ७०२ वर्ष कैद र २३४ कोर्रा हान्ने सजाय सुनाएको छ । जेठी छोरी गर्भवती भएपछि बुबाबाटै छोरीहरू बलात्कृत हुँदै आएको खुलेको हो । 

साउथ चाइना मर्निङ पोस्टले जनाए अनुसार ५३ वर्षीय बुबाले सन् २०१८ देखि २०२३ सम्ममा दुई बालिका छोरीलाई ३० पटक बलात्कार गरेको स्वीकार गरेका छन् ।

सजाय पाएका व्यक्ति सरसफाइ कर्मचारी हुन् । उनका दुई फरक श्रीमतीबाट छोरीहरू छन्, जससँग उनको वर्षौँदेखि अवैध सम्बन्ध थियो।

प्रतिक्रिया दिनुहोस्