Logo
Logo

जंगली च्याउ खाएर आमा-छोरीको मृत्यु


882
Shares

दाङ । दाङमा जंगली च्याउ खाँदा आमा–छोरीको मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीको उपचारका क्रममा मुत्यु भएको हो ।

च्याउ खाएपछि बिरामी परेकी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए । उनकी ११ वर्षीया छोरी अस्मिता सुनारको भने बुधबार नै उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

साउन २९ गते जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका तीनजना बिरामी परेका थिए । मृतकका श्रीमान अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्