Logo
Logo

ठूला भ्रष्टाचारविरुद्धका काम गरेँ भन्ने सरकारको डंका मात्रै हो : राजेन्द्र लिङ्देन


504
Shares

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् ।

भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिएपनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको आरोप लगाएका हुन् ।

सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचारविरुद्ध काम गरेँ भन्दै डंका पिटेको अध्यक्ष लिङ्देनको भनाइ छ । अहिलेजस्तै सरकार चलिरहने हो भने २०८४ सालको निर्वाचन नै नआउने उनको दावी छ ।

अध्यक्ष लिङ्देनले भने, ‘आज हेर्नुहोस् देशको अवस्था कस्तो छ, हामी मिसन ०८४ भन्छौँ । कति पार्टीहरू मिसन ०८४ भनेर कुदिरहेका छन् । देशको यही अवस्था निरन्तर रुपमा रही रहने हो भने त्यो ०८४ नआउन सक्छ । चुनावै नआउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्