Logo
Logo

नबिल बैंक र आइसीआइसीआई बैंकबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आइसीआइसीआई बैंक’ बीच एक समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ । यो सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क (ढाँचा) सिर्जना गर्नेछ । नबिल बैंकका सिइओ अनिलकेशरी शाह र आइसीआइसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले काठमाडौंस्थित नबिल बैंकको केन्द्रीय कार्यालयमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

यो सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एकापसमा निकट सहकार्यका साथ काम गर्नेछन् । नबिल बैंकले नेपालमा बलियो बजार पहुँच बनाएको छ भने आइसीआइसीआई बैंकले बैंकिङ तथा फ्रान्चाइज विस्तार (भारतभरका साथै केही प्रमुख विश्वबजार) मा विशिष्टता हासिल गरेको छ । यस कारण दुबै बैंक यस एमओयू मार्फत सहकार्यका लागि एकसाथ हुँदा हासिल ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति) को प्रभावकारीरुपमा लाभ उठाउन यस सम्झौताले दुवै बैंकलाई सक्षम बनाउनेछ ।

शाहले भन्नुभयो, ‘आइसीआइसीआई बैंकसँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व लागेको छ । यो एमओयूले नबिल बैंक र आइसीआइसीआई बैंकबीच नलेज शेयरिङ र नेटवर्क सञ्जाललाई थप बलियो बनाउन प्लेटफर्म सिर्जना गर्नेछ, खासगरी भारतसँग व्यापार गरिरहेका हाम्रा ग्राहकलाई यसबाट लाभ मिल्नेछ ।’

साझेदारीका सम्बन्धमा रञ्जु सिगटियाले भन्नुभयो, ‘भारतसँग नेपालको व्यापार तथा लगानी करिडोर बलियो र बढ्दो क्रममा छ । आईसीआईसीआइ बैंकले साझेदार बैंकहरुस“ग उनीहरुका नेपाली ग्राहकलाई आइसीआइसीआई बैंकको उपस्थिति भएका भारत तथा अन्य मुलुकका स्थानहरुसम्म जोड्न सक्रिय रुपमा काम गरिरहेको छ । बढ्दो भारत–नेपाल आर्थिक करिडोरमा हाम्रो सहभागिता निरन्तर बढाउने प्रतिवद्धताअनुरुप यो सम्झौतापत्रमा हस्ताक्ष्ँर गर्न पाउ“दा हामी खुसी छौं ।’
नबिल बैंक निजीक्षेत्रद्वारा संचालित नेपालको अग्रणी वाणिज्य बैंक हो । देशभर यसका ९७ शाखा कार्यालय र १४३ एटिएम काउन्टरहरु रहेका छन् । नेपाली बैंकिङ क्षेत्रमा थुप्रै नवप्रवर्तनात्मक (इनोभेटिभ) प्रँेडक्ट तथा मार्केटिङ अवधारणा थालनी गर्ने सवालमा पायोनियर नबिल बैंकले नेपालको बैंकिङ इतिहासमा एउटा ‘माइलस्टोन’को प्रतिनिधित्व गर्छ जसले ग्राहकको सन्तुष्टि नै व्यवसायको मुख्य उद्देश्य मान्ने आधुनिक बैंकिङको युग शुरु गर्यो ।

सेप्टेम्बर ३०, २०१९ सम्मको अवस्थामा आईसीआईसीआई बैंकले भारतमा ५२२८ शाखा तथा १५१५९ एटिएम काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र फोन बैंकिङ लगायत मल्टि–च्यानल डेलिभरी नेटवर्कमार्फत ठूलो संख्यामा रहेका आफ्ना ग्राहक (कस्टुमर बेस) लाई सेवा दिँदै आएको छ ।

आईसीआईसीआई बैंक लिमिटेड (बीएसईः आईसीआईसीआईसीआई बैंक, इनएसईः आईसीआईसीआईसीआई बैंक, एनवाइएसईः आइबीएन) भारतको अग्रणी निजीक्षेत्रको बैंक हो । गत सेप्टेम्बर ३०, २०१९ सम्ममा यसको कुल सम्पत्ति १२,८८, १९० करोड भारतीय रुपैयाँबराबरको छ । यस बैंकका सहायक कम्पनीहरुमा भारतीय निजीक्षेत्रका अग्रणी इन्स्योरेन्स (बीमा), एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) र सेक्युरिटिज ब्रोकरेज (धितोपत्र दलाल) कम्पनीहरुका साथै देशकै सबैभन्दा ठूलो प्राइभेट इक्विटी फर्म रहेका छन् । भारतका साथै १५ देशमा यसको उपस्थिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्