Logo
Logo

प्रधानमन्त्री चोभार पुग्नअघि प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । चोभारमा बन्न लागेको सुख्खा बन्दरगाहको स्थानीयले विरोध गरेका छन् । यसअघि पनि स्थानीयबासीकै विरोधका कारण रोकिएको सुक्खा बन्दरगाह आज बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलेबाट सिलान्यास गरिँदैछ । तर, प्रधानमन्त्री ओली त्यहाँ पुग्दा स्थानीयबासीले प्रदर्शन गरेका छन् ।
उक्त सुख्खा बन्दरगाहको भवन गत ३० असोजमै शिलान्यास गर्ने कार्यक्रम स्थानीयवासीको विरोधका कारण रातारात स्थगित भएको थियो । अहिले पनि स्थानीयले विरोध जारी नै राखेका छन् । प्रधानमन्त्री त्यहाँ पुग्नुुअघि बिहानैदेखि स्थानीयवासीले विरोमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएका स्थानीयबासीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
स्थानीयबासीले विभिन्न माग अघि सारेका छन् । यसअघि मंसिर महिनामा भएको एक छलफलमा स्थानीयबासीले २०–३० वर्षका लागि मात्रै उपभोग हुने गरी भौतिक पूर्वाधार गर्नुभन्दा सय डेढसय वर्षसम्म उपभोग हुन सक्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने माग अघि सारेका थिए । उनीहरूले बन्दरगाहभन्दा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण र पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्नुपर्ने माग अगाडि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्