Logo
Logo

चिर्पट प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ



काठमाडौं । काभ्रेको पाँचखालमा एक व्यक्तिले चिर्पट प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

पाचखाल नगरपालिका(१२ देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ ।

कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर मृत्यु भएको थियो । श्रीमतीको हत्यामा संलग्न हरी माझीलाई बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्याको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्