Logo
Logo

प्रधानमन्त्रीले बाेलाए राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताकाे बैठक


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदका राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दैछन् । लामो समयदेखि जारी संसद अवरोध खलाउने बारे छलफल गर्न दलका शीर्ष नेतालाई आज मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बोलाइएको हो ।

राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार बाट पास भएर बहिरिसकेको अवस्थामा सिनामंगलबाट एक क्विण्टल सुन नियन्त्रणमा लिएको थियो । सोही सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

संसदको अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले पहल गर्दै आएका छन् । प्रतिपक्षी दलसँग पटक पटक बैठक बसेपनि सहमति हुन सकेको छैन । दलहरुबीच सहमति जुटाउन आज दिउँसो १ बजे बोलाइएको संसद बैठक अघि प्रधानमन्त्री प्रचण्डले नेताहरुलाई छलफलमा बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्