Logo
Logo

सर्लाहीबाट पेस्तोलसहित २ जना पक्राउ



काठमाडौं । सर्लाहीबाट दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो ।

उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै गरेको अवस्थामा चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि पक्राउ परेका हुन् । उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ ।

बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्