
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेतासँग छलफल थालेका छन् ।
उनले लामो समयदेखि जारी संसद अवरोध खलाउनेबारे पाँच दलका शीर्ष नेतासँग सिंहदरबारमा केहि बेरअघिबाट छलफल थालेका हुन् ।
छलफलमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष सुवास नेम्वाङ, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन सहभागी छन् ।
अवैध ६० केजी सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै १० साउनदेखि संसदको दुबै सदन अवरुद्ध गर्दै आइरहेको छ ।














