Logo
Logo

इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि



काठमाडौं । इंग्ल्यान्डमाथि जित निकाल्दै स्पेन पहिलोपल्ट फिफा महिला विश्वकपको उपाधि जितेको छ ।

आइतबार भएको खेलमा इंग्ल्यान्डलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन पहिलो पटक च्याम्पियन बनेको हो । यसैसँग महिला र पुरुष विश्वकप जित्ने राष्ट्रमा जर्मनीपछि स्पेन थपिएको छ ।

स्पेनलाई च्याम्पियन बनाउन कप्तान ओल्गा कारमोनाले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको २९औं मिनेटमा गोल गर्न सफल भएको थियो ।

स्पेनलाई ७०औँ मिनेटमा पेनाल्टीमार्फत् अग्रता दोब्बर गर्ने मौका मिले पनि जेनिफर हर्मोसोले गोल गर्न सकेनन् । स्पेनले यो महिला विश्वकप फुटबलमा सर्वाधिक १८ गोल गर्न सफल भयो । उपविजेता बनेको इंग्ल्यान्डले १३ गोल गर्‍यो ।

महिला विश्वकपमा स्पेन च्याम्पियन हुने पाँचौ राष्ट्र बनेको छ । यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक पटक उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्