Logo
Logo

एकीकृत समाजवादी सधैं भ्रष्टाचारको विरुद्धमा छ : अध्यक्ष नेपाल


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी भ्रष्टाचार विरुद्धमा रहेको बताएका छन् । आइतबार बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले चालेको कामलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका हुन् ।

अध्यक्ष नेपालको भनाइलाई उद्धृत गर्दै उपमहासचिव एवं पार्टी पूवक्ता जगन्नाथ खतिवडाले भने, ‘हाम्रो पार्टी सधैँ सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा छ । आज भ्रष्टाचारको विरुद्धमा भ्रष्टाचारलाई कारबाही गर्नको लागि सरकारले जे काम गरेको छ ।’

भ्रष्टाचार विरुद्धको अभियानमा सरकारले निरन्तरता दिँदै सही ढंगले सत्यतथ्य छानबिन हुनुपर्ने पार्टीको धारणा रहेको उनले बताए । ‘निर्दोष कोही नफसोस् दोषी कोही नपरोस् भन्ने भावनाले काम गर्न अध्यक्षले आह्वान गर्नुभएको छ’ उनले भने । बैठकमा अध्यक्ष नेपालले समाजवादी कम्युनिष्ट धारभित्रको सबैभन्दा उत्तम विकल्प रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्