Logo
Logo

दुई बच्चा चोरी गरी भारततर्फ लैजाँदै गर्दा आलम पक्राउ


2.3k
Shares

जनकपुरधाम । एक बालक र एक बालिकालाई चोरी गरी बोरामा हालेर भारततर्फ लैजादै गर्दा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ भने बालबालिकालाई सकुशल उद्धार गरिएको छ ।

पक्राउ पर्नेमा भारत विहार पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत ४ आदापुरका २२ वर्षीय तबरेज आलम छन् । बालिकालाई बन्धक बनाएर भारततर्फ लग्ने क्रममा सिमावर्ती क्षेत्र झिटकैयाबाट आलमलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेड क्वाटर बाराले जनाएको छ ।

आलमले देवताल गाउँपालिका ३ का शिव पूजन महतोको ९ महिनाकै छोरी र सोही ठाउँका प्रेमचन्द्र महतोको २ वर्षीय छोरालाई बोरामा बाँधेर भारततर्फ लग्दै थिए । सकुशल उद्धार पश्चात दुवै बच्चाको जिम्मा परिवारलाई लगाएको छ ।
बच्चा तस्करी गर्न लागेका आलमलाई थप कारबाहीका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरी देवापुरलाई बुझाएको छ । यो घटनामा नेपाली नागरिकको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्