
काठमाडौं । कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले बिरामी बिदा लिएका छन् । उनले आफू बिरामी भएको भन्दै आज सोमबार बस्ने प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका हुन् ।
आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची तय छ । उपसभामुख दनुवारले कोशी प्रदेशसभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न समेत अनुरोध गरेका छन् ।
उनले आफू बिरामी भएर उपचार गराउन बाहिर जानु पर्ने भन्दै नफर्किन्जेल सम्मका लागि सभा सञ्चालनको जिम्मा इस्राइल मन्सुरीलाई दिएका छन् ।
उनी नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४(२) बाट निर्वाचित सदस्य हुन् । उप सभामुख बिदामा बसेको बेला अब प्रदेश सभा मन्सुरीले सञ्चालन गर्नु पर्ने छ ।















