
काठमाडौं । समाजवादी मोर्चाले सातै प्रदेशमा संगठन विस्तार गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मोर्चाको बैठकले प्रदेशस्तरमा पनि मोर्चा गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै भदौ ८ गते मधेश प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा र १३ गते सुदूरपश्चिमको धनगढीमा सन्देश सभा आयोजना गर्ने निर्णय भएको छ ।
यसैगरी भदौ १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा र भदौ २५ गते कोशी प्रदेशको विराटनगरमा सभा आयोजना गरिने नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालले जानकारी दिए ।
समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।














