Logo
Logo

कागबेनी खोलामा फेरि बाढी आयो


2k
Shares

काठमाडौं । मुस्ताङको कागबेनी खोलामा गएराति फेरि बाढी आएको छ। कागखोला साउन २८ गते आएको बाढीले क्षेतीग्रस्त कागबेनीमा गएराति परेको पानीसँगै बाढी आएको हो ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी भएर बग्ने कागबेनी खोलाको सहायक खोला झोङ र मुक्तिनाथ खोलामा बाढी आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । बाढीले उपल्लो मुस्ताङ जोड्ने सडकमा क्षति पुगेको उनले जानकारी दिए ।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा बजारमा एक साताअघि बाढी पस्दा घर, सडक, सार्वजनिक भवन र पुलमा व्यापक क्षति पुगेको थियो ।

बाढीले क्षतिग्रस्त संरचनाको उत्खनन् गर्ने क्रममा हिजो (आइतबार) मात्रै कागबेनीस्थित प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोड रुपैयाँ बढी फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्