Logo
Logo

मन्सुरीले सभा चलाउने, थापाले आजै विश्वासको मत माग्ने


7.4k
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् । गठबन्धन दलको बैठकले मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जानकारी दिए । संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिएको आङ्बोले बताए ।

गठबन्धन दलले बहुमतका लागि सभामुखलाई राजीनामा गराएर मन्त्रीमा नियुक्त गरेपछि सभा सञ्चालनको जिम्मा उपसभामुखको रहेकामा उपसभामुख सृजना दनुवार आजै स्वास्थ्यमा अचनाक समस्या आएको भन्दै बिदामा बसेका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइए पनि सभा सञ्चालन गर्ने उपसभामुख नै अचानक बिरामी भएको पत्र थमाएर काठमाडौं लागेपछि थापाले आज विश्वासको मत लिने नलिने भन्ने अलमल देखिएको थियो । उनले नेपाली कांग्रेसका सांसद ईस्राईल मन्सुरी सभा सञ्चालनको जिम्मा दिएका छन् ।

प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्