Logo
Logo

ललिता निवास प्रकरण : सीआईबीले लियो पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान


567
Shares

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान लिएको छ । 

उक्त प्रकरणमा पक्राउ पुर्जी जारी भएको पूर्वमन्त्री जोशीलाई सीआईबीले बोलाएर आज बयान लिएको हो । जोशीले आफू सीआईबी पुगेर बयान दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

उनले फेसबुकमा लेखेका छन्– ‘अन्ततः बोझबाट हलुका भएको छु । सीआईबी समक्ष बयान दिएर अइयो । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाई सार्वजनिक नै छ । चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर छु ।’

सीआईबी दिउँसो आफूलाई बोलाइएपनि पछि व्यस्त भएको जानकारीसहित फर्काइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा स्टाटस लेखेका थिए । त्यसपछि उनको बयान लिइएको हो । 
पक्राउ पुर्जी जारी भएपछि अनुसन्धान अधिकृतलाई थुनामा राखिराख्नु पर्ने नलागेपछि उनलाई छाडिएको सीआईबीले जनाएको छ । 

पूर्वभूमि सुधारमन्त्री जोशी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि प्रतिवादी थिए । त्यसबेला अदालत हाजिर भएर उनी तारेखमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्