
काठमाडौं । संसद गतिरोध अन्त्यका लागि आज शितल निवासमा सर्बदलीय बैठक बस्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसद गतिरोधको बिषयलाई लिएर सर्बदलीय बैठक बोलाएका हुन् ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको बैठकमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुको उपस्थिति रहने छ । राष्ट्रपति पौडेलले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको उनले जानकारी दिए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अबरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो ब्यक्त गर्दै आएका छन् । सो बिषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग गत आइतबार बेलुका भेटबार्ता गरी जारी संसद अबरोधको बिषयमा गम्भिर चासो ब्यक्त गरेका थिए ।
दुवै नेतासँग अलग अलग भेटबार्ता गरे पछि राष्ट्रपति पौडेलले आजका लागि सर्बदलीय बैठक बोलाएका हुन् ।














