Logo
Logo

प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज


693
Shares

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

शीतल निवासमा आज दिउँसो १ः४५ बजे श्रेष्ठले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति पौडेलको निजी सचिवालयले जानकारी दिएको छ ।

संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्