Logo
Logo

सुन प्रकरणमा छानविन समिति बनाउन सरकार तयार, आजदेखि संसद चल्ने


1.4k
Shares

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि समिति बनाउन गठन गर्ने सहमति गरेका छन् । सोमबार साँझ बसेको दलहरुको बैठकमा उच्च स्तरिय छनविन समिती बनाउने र संसदको जारी अवरोध हटाउने सहाती भएको हो ।

बैठकले आज (मङ्गलबार) सम्म छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा (माओवादी केन्द्र)का नेता हितराज पाण्डे सदस्य रहने गरी कार्यादेश समिति गठन गरेको छ ।

लामो समयदेखिको संसद्को गतिरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलहरूको बैठक आह्वान गरेका थिए । राष्ट्रिय दलहरुको बैठकमा संसद् सञ्चालन गर्नेबारे सकारात्मक छलफल भएको तथा त्यसका लागि सबै विकल्प र सम्भावना खोजिने गरी दलहरुबीच सहमति भएको कांग्रेस नेता लेखकले जानकारी दिए । आज (मंगलबार) का लागि बोलाइएको बैठक विना अवरोध चल्ने उनले बताए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवलगायतको सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्