Logo
Logo

सम्पर्कविहीन १२ जना सशस्त्र प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन



काठमाडौं । सशस्त्र प्रहरीले सम्पर्कविहीन भएका १२ जनालाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएका दुई जना हवल्दार र १० जना जवानजनालाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो ।

सम्पर्कविहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका–१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी–३ का हरि किसुन थारु रहेका छन् ।

यस्तै, जवानहरूमा झापाका प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रविन तामाङ र कैलालीका अमानत शेष रहेका छन् ।

उनीहरुमध्ये कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफुखुसी ब्यारेक छाडेर सम्पर्कमा नरहेको कार्यालयले जनाएको छ । उनीहरुलाई कार्यालयमा उपस्थित नहुनुको मनासिव कारणसहित सात दिनभित्र सम्पर्कमा आउन र नआए कारबाही प्रक्रिया बढाउने सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्