Logo
Logo

नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा विशेष समारोह आयोजना गरि वार्षिकोत्सव बनाइएको हो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो क्रममा उनले संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८०” को विमोचन समेत गरे ।

गृहमन्त्री श्रेष्ठले विगत लामो समयदेखि आँखा उपचार र मोतिविन्दुको शल्यक्रिया गरी आफूलाई पूर्ण रूपमा आँखा उपचारको क्षेत्रमा समर्पित राखी विश्वसामु अन्धोपन निवारणमा नेपाललाई अव्वल स्थान दिलाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पु¥याउनु हुने तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका संस्थापक एवम् कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रूइतलाई सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले समाज सेवाका विभिन्न क्रियाकलापमा नेपाल प्रहरी श्रीमती संघले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्