
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको बताइएको छ ।
सुन प्रकरणमा उच्चस्तरीय समिति बनाउनेबारे मंगलबार बेलुकी सत्ता र प्रतिपक्षका दलहरूबीच सहमति भएको थियो। त्यसको डाफ्ट गर्न कार्यदलसमेत बनेको छ।
सभापति देउवाले यसबारे र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको जनाइएको छ ।
कांग्रेस संसदीय दलले भने सुन प्रकरण सिआइबीले नै टुंगोमा पुर्याउने र उच्चस्तरीय समिति आवश्यक नरहेको निष्कर्ष निकालेको थियो।














