
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।
हिजो (मंगलबार) देखी सुरू भएको केन्द्रिय समिति बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।
हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिबेदन पेश गरेका थिए भने सो प्रतिवेदन माथी ‘फरक मत’ राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए ।
आजको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक बिहान ८ बजे देखी सुरु हुनेछ ।














